डुबेर २ को मृत्यु
जेठ ६, तनहुँ / कृष्णप्रसाद ढकाल
कपिलवस्तुको हर्नामपुर गाविस ६ स्थित ईटहीया तालमा पौडी खेल्नेक्रममा डुबेर दुईजना बालवालिकाको ज्यान मृत्यु भएको छ ।
गर्मी छल्नको लागि पौडी खेल्न गएका ८ वर्षीय बालक ईब्राईम अलि र १० वर्षीय वालिका रहनाज खातुनको डुवेर मृत्यु भएको प्रहरी उपरीक्षक विक्रम गुरुङले जानकारी दिनुभयो ।
पोखरी गाउँदेखि करिव ५०० मिटर पश्चिममा रहेको छ । ताल नजिक गाईगोरु चराउने चरहवाहरुले हारगुहार गरी बालवालिकालाई पानीबाट निकाल्दा दुवैजनाको मुत्यु भईसकेको स्थानियवासीको भनाई उद्धत गर्दै प्रहरी उपरीक्षक गुरुङले बतानुभयो ।