Live Streaming

अनुगमन समितिको बैठक बस्दै/ प्रारम्भिक प्रतिवेदन बुझाउने

काठमाडौं, जेठ ६ ।
संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिद्धारा गठित टोलीहरुले प्रारम्भिक प्रतिवेदन बुझाउदै छन ।  

दिउँसो ४ बजेका लागि बोलाइएको समिति बैठकमा भुकम्प प्रभावित जिल्लाहरुको अनुगमनका क्रममा देखिएका विषय समेटेर तयार पारिएको प्रतिवेदन बुझाइने संसद सचिवालयले जनाएको छ । अनुगमनका लागि दिइएको ५ दिनको समय हिजो सकिए पनि सबै टोली राजधानी आइ नपुगेकाले सबैको प्रतिवेदन भने आज बुझाउन संभव नहुने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।

अहिलेसम्म भएका गरिएको अनुगमन र त्यहाँ देखिएको अवस्थालगायत विषयमा छलफल गरी आवश्यकताअनुसार सरकारलाई निर्देशन पनि दिने भएको छ । १४ जिल्लामा खटिएको मध्ये केही टोली आइसकेको छ भने केही टोली आज दिउँसोसम्म आइपुग्ने पनि उहाँले बताउनुभयो ।