Live Streaming

​‘हाम्रो श्रमदान अभियान’ बारे कँग्रेसमा छलफल

काठमाडौं, जेठ ६ ।
भुकम्पपछिको पुर्ननिर्माण तथा राहतका विषयमा छलफल गर्न कँग्रेसको पदाधिकारी बैठक जारी छ ।

घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न सुरु गरेको ‘हाम्रो श्रमदान अभियान’ बारे छलफल केन्द्रित रहेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।  भूकम्प प्रकोप समन्वय समितिका संयोजक पौडेलले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आफ्ना गाउँ,टोल छिमेक र वरपर जहाँ सम्भव हुन्छ कम्तीमा सात दिन श्रमदान गरी पीडित परिवारको मद्दतमा उत्रन यसअघिनै आह्वान गरिसक्नुभएको छ ।

भूकम्पबाट प्रभावित नभएका वा कम प्रभावित भएका जिल्लाका पार्टी एवम् भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई श्रम अभियानमा सहभागी गराउने कार्यविधिबारे आज टुंगो लाग्ने उहाँले बताउनुभयो ।