भु अध्ययन सुरु
काठमाडौं, जेठ ६ ।
भूकम्पबाट अति प्रभावित ६ जिल्लामा आजबाट भूगर्भविद्हरुको टीमले भु अध्ययन सुरु गर्ने भएको छ ।
सरकारले घोषणा गरेको अतिप्रभावित गोर्खा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिडमा टिम पठाउन लागेको र प्रत्येक टिममा ३ जना भूगर्भविद्हरु हुनेछन् । उद्योगमन्त्री महेश बस्नेतले भूकम्पबाट अति प्रभावित क्षेत्रमा विज्ञहरुको टिम पठाउन उच्चस्तरिय ‘टाक्स फोर्स’ गठन गरेको र १८ वटा टिम परिचालन हुने बताउनुभयो ।
टाक्स फोर्सले सात दिन भित्र प्रतिवेदन पेश गर्ने र त्यसैको आधारमा गृहमन्त्रालय अन्तगरत रहेको अस्थायी पुनर्वास कार्यक्रमका लागि पहल गरिने मन्त्री बस्नेतले बताउनुभयो ।