Live Streaming

भारतको राजस्थानमा आएको भिषण आधीका कारण १३ जनाको मृत्यु

एजेन्सी, जेठ ६ ।
भारतको राजस्थानमा आएको भिषण आधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । गएराती आएको सो आधिका कारण ५० भन्दा बढि घाईते भएका छन् ।

१ सय किलोमिटर प्रतिघण्टा आएको आँधिको मुख्य असर राजस्थानको बिकानेर र भरतपुरमा परेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

तिब्र आँधिका कारण राज्यको बिद्युत तथा टेलिफोन सेबा समेत अबरुद्ध भएको छ । आँधिको असर जयपुर धौलपुर लगायतका जिल्लाहरुमा परेको थियो । तिब्र आँधिका कारण यि जिल्लामा कयौ भौतिक संरचनामा क्षति पुगेको भारतिय प्रहरिलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।