लिग विजेता चेल्सी पराजित
जेठ ५, एजेन्सी ।
इङ्लीस प्रेमियरसिप फुटबलको पछिल्लो खेलमा उपाधि विजेता चेल्सी वेष्टब्रोमसँग पराजित भएको छ ।
जारी सिजनमा एकमात्र खेल बाँकी रहँदा चेल्सी गएराती वेष्टब्रोसँग ३–० ले स्तब्ध भएको हो । वेष्टब्रोमको जितमा सैदु बेराहिनोले २ र क्रिस ब्रुन्टले गोल गरे । ६० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि ब्लुज गोल फर्काउन भने सकेन ।
खेलको २८ औं मिनेटमा सेक फेब्रिगास रातो कार्ड खादै मैदान बाहिरिएपछि चेल्सी १० खेलाडिमा सीमित भएको थियो । फल गरेपछि डिएगो कोष्टालाई दिईएको पहेलो कार्ड सम्बन्धमा विवाद भएपछि फेब्रिगासले रातो कार्ड पाएका थिए । यो उनको करियरकै दोस्रो रातो कार्ड हो ।
लीगमा आज आर्सनल र सण्डरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।