सरकारले आफै लडाकु पठायो
जेठ ५, एजेन्सी ।
ईराक सरकारले आईएस बिद्रोहिको कब्जामा रहेको रमादीमा ईरान समर्थित शिया लडाकु पठाएको छ । राजधानी बग्दाददेखि ७० माईलको दुरिमा रहेको सो शहर आईएस बिद्रोहिले गत आईबार आफ्नो कब्जामा लिएका थिए । सेनाले शहर छोडेपछि पनि त्यहाँ आक्रमण भने जारी रहेको ईराकी अधिकारीहरुले बताएका छन् । आईतबारयता भएका आक्रमणमा ५ सय भन्दा बढीको मृत्यु भएपछि आईएस बिद्रोहीबिरुद्ध ईराकी सरकारले शिया लडाकु रमादी पठाएको हो ।
यसैबीच रमादीमा शिया लडाकु पठाएकोप्रति अमेरिकाले स्बागत गरेको छ । उसले ईस्दामिक स्टेट आईएसको कब्जा तोड्न उनीहरु सफल हुने बिश्वास समेत ब्यक्त गरेको छ ।