Live Streaming

एमाओवादीले पुनर्निर्माणमा खटिने नेता, कार्यकर्ताको टुङ्गो आज लगाउने

काठमाडौं, ५ जेठ ।
भूकम्प प्रभावित जिल्लामा पुननिर्माण तथा नवनिर्माणका लागि एकिकृत माओवादीले पनि नेता तथा कार्यकर्ता खटाउँदैछ । प्रभावित जिल्लामा केन्द्रिय नेताको नेतृत्वमा जाने अन्य नेताको आज टुङ्गो लगाएपछि भोलिबाट टोली परिचालन हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

पुनर्निर्माण टोलीका लागि बन्दोबस्तीका सामग्री व्यवस्थापनको काम पनि आजै सक्ने तयारीे छ । यसअघि एमाओवादीले  हिजो भूकम्पबाट प्रभावित जिल्लामा यही जेठ ८ देखि १५ गतेसम्म राज्य पुनःनिर्माण अभियान चलाउने निर्णय गरेको थियो । पार्टीको विस्तारित बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सिन्धुपाल्चोक, नेता बाबुराम भट्टराईको नेतृत्वमा गोरखा र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा  पुनर्निर्माण टोली दोलखा पठाउने निर्णय गरेको प्रवक्ता  शर्माले जानकारी दिनुभयो ।

७५ वटै जिल्ला समिति, परिषद्, पूर्वलडाकु र वाइसिएलका सबै सदस्यलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने एमाओवादीको तयारी छ । यस्ते कङ्ग्रेस,नेकपा एमाले लगायतका अरु राजनीतिक दलहरुले पनि भूकम्पपछिको पुनर्निर्माणमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रभावित जिल्लामा परिचालन गर्नेक्रम जारी राखेका छन ।