कँग्रेस र एमाले बीचको सहकार्य आवश्यक : एमाले बरिष्ठ नेता खनाल
काठमाडौं, ५ जेठ ।
पुर्ब प्रधानमन्त्री एबम् एमाले बरिष्ठ नेता झलनाथ खनालले काग्रेस र एमालेकै सहकार्यमा राष्ट्रिय सहमतीय सरकार गठनमा जोड दिनुभएको छ । दुई दलबीचको सहकार्य टुटे संबिद्यान निर्माण समेत संकटमा पर्ने उहाको भनाई थियो ।
रेडियो अन्नपुर्ण नेपालको नियमित बिहानी कार्यक्रम फ्रन्टलाईनमा कुरा गर्दै बरिष्ठ नेता खनालले बिगतको सहमति र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखी एमालेको नेतृत्वमा सहमतीय सरकारको खाँचो समेत औल्याउनु भयो । कंग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोईराला र एमाले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय बिपद ब्यवस्थापनका लागि गंभिर भएर सोच्न उहाँको आग्रह थियो ।
राहत बितरण तथा उद्दार कार्यमा प्रतिपक्षी दलहरुको बिचारका कारण समस्या देखिएको बताउदै उहाँले राष्ट्रिय बिपत समाधानका लागि एक जुट हुने सहमतीय सरकार आवश्यक रहेको उल्लेख गर्नुभयो । एकीकृत माओबादीको नेतृत्बमा सहमतीय सरकार गठन हुने सम्भाबना भने नरहेको बताउदै नेता खनालले राष्ट्रिय बिपदको अबस्थामा सबै दलहरुलाई मिलाएर सरकार गठन गर्नसके बिपद ब्यबस्थापनमा सहज हुने धारणा राख्नुभयो ।