कक्षा ११ र १२ को परिक्षा तालिका सार्वजनिक
काठमाडौं, ४ जेठ । महाभुकम्पका कारण स्थगित भएको कक्षा ११ र १२ को परिक्षा संचालन हुने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद, काठमाडौ प्रमुख जंगबहादुर अर्यालले दिनु भएको जानकारी अनुसार कक्षा १२ को परिक्षा जेठ २० देखी ३१ सम्म र कक्षा ११ को परिक्षा असार १ गतेदेखि १२ गतेसम्म हुने भएको हो ।
भुकम्पले अति प्रभावित गोर्खा, धादिङ्ग, रामेछाप, नुवाकोट, काभे्र, सिन्धुपाल्चोक र दोलखा जिल्लामा भने पछि परिक्षा संचालन हुने बताइएको छ । अर्यालले यी जिल्लाहरुमा न्युनतम १५ दिनको अवधी राखी अर्को समय तालिका प्रकाशन गरेर परिक्षा संचालन गर्ने बताउनुभयो ।