Live Streaming

गाँस कटाएर नेपाल पठाएको रकम दुरुपयोग हुन दिन्न : प्रधानमन्त्री कोइराला

काठमाडौं, ४ जेठ ।

 

प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिका समय मानवीय पक्षलाई बढी प्राथमिकता दिन सवैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गर्न वालुवाटार पुगेको अखिल नेपाल फुटबल संघ एन्फाको टोलीसंग उहाँले प्रभावितहरुलाई सहयोग पु¥याउन अन्यसँग प्रभावकारी संयन्त्र नभएकाले राहत बितरणमा सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

देश विदेशका सबै दाताहरुले आफ्नो गाँस कटाएर नेपाल पठाएको रकम दुरुपयोग हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै प्रधानमन्त्री कोईरालाले राहत सामाग्रीमा भएको अनियमितता नियन्त्रणका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । सो अवसरमा एन्फा पदाधिकारीले १० लाख रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । 

आजै उद्धार कोषमा प्राविधिक तथा व्यवसायिक तालिम परिषद्का तर्फबाट ४० लाख २ हजार ३ सय ७४ र नेपाल वार एशोसियसनले १० लाख रुपैया सहयोग प्रदान गरेका छन् । परिषद्का सदस्य सचिव रामहरी लामिछाने र बारका अध्यक्ष हरिकृष्ण कार्कीले सो रकम बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।