नेपालको बस्ती विकासमा क्यानडाको रुचि
दीपक धिताल, काठमाडौं ।
नेपालमा एकिकृत बस्ती विकासका लागि क्यानडाले रुचि देखाएको छ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललाई आज उहाँकै निवासमा भेटेर क्यानडाका अधिकारीहरुले नेपालको योजना अनुसार बस्ती विकासका लागि सहयोग गर्न आफुहरु इच्छुक रहेको बताएका हुन । भेटका अवसरमा उपसभपति पौडेलले एकिकृत बस्तीविकास कार्यक्रमलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
दक्षिण एसिया सम्बन्धि क्यानडाका उपनिर्देशक रोवर्ट सिडक्ेयर सहितको टोलीले नेपाललाई तिन चरणमा सहयोग गर्न आफुहरुले योजना बनाईरहेको जानकारी दिएको थियो । उनिहरुले उद्धार, राहत र पुर्न्निर्माण गरी तिन चरणमा के के गर्न सकिन्छ भन्ने बारेमा तयारी गरिरहेको जानकारी दिएका हुन । उनिहरुले नेपाललाई दुखको बेलामा सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताएको र उनिहरुसंगको भेट निकै उपलव्धीमुलक भएको भेटपछि उपसभापति पौडेलले जानकारी दिनु भयो ।