राष्ट्रिय सरकारको आवश्यकता छैन : तमलोपा उपाध्यक्ष त्रिपाठी
दीपक धिताल, काठमाडौं ।
तमलोपा उपाध्यक्ष हृदयेस त्रिपाठीले अहिले राजनीतिक विषय भन्दा पनि भुकम्प पीडितको उद्धार र राहतमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा कुरा गर्दै उहाँले अहिले राष्ट्रिय सरकारको आवश्यकता नरहेको समेत बताउनुभयो ।
राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा जुट्नुपर्ने बेला राजनीतिक दलहरु सरहमतिय सरकारको विषय निकालेर ध्यान अन्तै मोड्न उद्दत रहेको त्रिपाठिको आरोप थियो । उहाँले भन्नुभयो –अहिले राजनीतिक कुरा नगर्नु, राजनीतिक आरोप प्रत्यारोप गर्ने बेला होइन यो, अहिले भूकम्पपीडितलाई राहत र पुनःस्थापनमाको विषयमा ध्यान दिऔं । सबै दलहरु सरकारसँगै रहेको बताउँदै विपतको बेलामा सत्तापक्ष र विपक्ष भनेर लाग्न नहुने उहाँको भनाइ छ ।
सरकारले व्यवस्थित गर्न नसकेका कारण कतिपय स्थानमा पीडितहरुले अझै राहत सामग्री पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । विभिन्न संघसस्था दातृ निकाय, व्यक्तिगत रुपमा विभिन्नप्रभावित क्षेत्रमा राहत सामग्री पुगेपनि सरकारमा सम्बद्ध दलका कार्यकर्ताले त्यसलाई राजनीतिक गन्ध दिने गरेकाले पििडतहरु झन पिडामा रहेको उहाँको भनाइ थियो । प्राकृतिक विपत्तको पीडा मधेशलाई थाहा भएकाले पहाडी दाजुभाइ÷दिदी वहिनिलाई परेको समस्याले आफुहरुलाई मर्माहत बनाएको बताउँदै ‘एउटै घरका एक भाइलाई परेको पीरले अर्काे भाइलाई दुखित बनाएको छ, हामी सबै पहाडमा राहत वितरणमा केन्द्रित छौ’, त्रिपाठीले भन्नुभयो ।
पहाडमा यत्रो ठूलो विपत्ति आइपरेका अवस्थामा मधेश चुप लागेर बस्न नसक्ने बताउँदै उहाँले हिमाल पहाड तराइ कोही छैन पराइ भन्ने भनाइलाइ आत्मसाथ गरेर अघि बढ्न आग्रह गर्नुभयो ।