Live Streaming

आफुमात्र खाना खान एक सय जनाको हत्या

 जेठ ४, एजेन्सी ।


म्यानमार छाडेर भागेका रोहिग्या मुशलमान आप्रबासि रहेका पाच जहाजका यात्रुबीच खाना खाने बिषयमा झडप हुँदा १ सय भन्दा बढिको मृत्यु भएको छ । बिगत केहि दिन देखि ईण्डोनिशियाको समुद्रि तटमा अलपत्र परेको ती जहाजहरुमा खाना खाने क्रममा झडप भएको थियो । एक समुहले खाना आफ्नो नियन्त्रणमा लिई जहाजमा सबार १ सय भन्दा बढि यात्रुलाई चक्कु प्रहार गर्दै समुन्द्रमा फ्याकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्  । पाचबटा जहाजमा आप्रबासिहरु म्यानमारबाट हिडे पनि एक जहाजका चालकले मध्य समुन्द्रमा जहाज छोडेर भागेपछि त्यहा खाद्यान्न संकट देखिएको हो । ति जहाजलाई थाईल्याण्ड र ईन्डोनेशिया दुबै देशले सिमा प्रबेशमा अनुमती नदिएको बिबिसिले जनाएको छ । जहाजमा १ हजार आप्रबासि सबार छन् ।