टेनिसको उपाधि जोकोभिच र सारापोभालाई
जेठ ४, एजेन्सी ।
ईटलीयन ओपन टेनिसको उपाधि पुरुष तर्फ नोभाक जोकोभिच र महिला तर्फ मारिया सारापोभाले जितेका छन् ।
गएराती भएको खेलमा दोस्रो बरियाताका स्विस रोजर फेडेररलाई पराजित गर्दै सर्बियन जोकोभिचले लगातार दोस्रो पटक उपाधिमाथि कब्जा गरेका हुन् । टेनिस खेलमा आफ्नो अपराजित यात्रालाई २२ औं खेलसम्म पु¥याउने क्रममा जोकोभिचले फेडेररलाई ६–४ र ६–३ ले पाखा लगाए ।
यस्तै महिला तर्फ स्पेनकी कार्ला स्वरेज नाभारोमाथि संघर्षपूर्ण जित निकाल्दै रसियन सारापोभाले तेस्रो पटक ईटलीयन ओपनको उपाधि जितेकी छन् । पहिलो सेट ४–६ ले गुमाएकी रसियन सुन्दरी सारापोभाले बाँकी सेट ७–५ र ६–१ ले आफ्नो पक्षमा पारेकी थिईन् ।