Live Streaming

​संसदको विशेष समितिले सभासदलाई भन्यो : अनुगमनमा जाँदा हेलिकोप्टर नचढ


काठमाडौं, ३ जेठ ।  राष्ट्रिय विपद् व्यबस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले भुकम्प प्रभावित क्षेत्रमा अनुगमनका लागि जाने सभासदहरुलाई हेलिकप्टर प्रयोग नगर्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा अनुगमन टोलीले हेलिकप्टर प्रयोग गर्दा राहत तथा उद्धारमा कठिनाई भएको निष्कर्ष निकालेपछि समितिका सभापति समेत रहनुभएका सभामुख सुवास नेम्वाङले यस्तो निर्देशन दिनुभएको हो ।

यस्तै समितिले प्रभावकारी रुपमा राहात बितरणको अनुगमनका लागि चार सदस्यीय उपसमिति पनि गठन गरेको छ । बैठकले काग्रेस सभासद पूर्ण बहादु खड्का, एमाले मुख्य सचेतक अग्नी खरेल, एकीकृत माओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेल र सद्भावनाका लक्ष्मण लाल कर्ण रहेको उपसमिति गठन गरेको हो ।

उपसमितिले सरकारलाई निर्देश गर्नुपर्ने विषयमा राय सुझाव पेश गर्ने छ । बैठकले भुकम्प प्रभावित क्षेत्रमा राहात बितरण भए नभएको विषयमा जानकारी लिन समितिले उपलब्ध गराएको टोल फ्रि नम्बरमा चैबिसै घण्टा कर्मचारी उपलब्त्तध हुने व्यबस्था मिलाउन व्यबस्थापिका संसद सचिवालयलाई निर्देशन दिएको छ ।