Live Streaming

सरकार पारदर्शी बन्न सकेन – एमाले अध्यक्ष ओली

अनिता पौडेल, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले भुकम्प पीडितहरुको राहत, पुनस्थापना र पुर्ननिर्माणमा सरकारको कामकारवाही पारदर्शी नभएको आरोप लगाउनुभएको छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट आएको सहयोगबारे सरकारले सत्तासाझेदार दल एमालेलाई समेत जानकारी नगराएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–आफ्नो पार्टी सत्तासाझेदार दल भए पनि कहाँबाट कति राहत आएको छ, कसरी वितरण भईरहेको छ भन्नेबारे सरकारले कुनै जानकारी गराएको छैन ।
सरकारले गरिरहेको राहत वितरण कार्य नै प्रभावकारी हुन नसकेको आरोप लगाउदै अध्यक्ष ओलीले राहत वितरणमा सवैलाई समेटेर लैजान सरकारलाई सुझाव दिनुभयो ।