Live Streaming

एमालेले राहत तथा पुर्ननिर्माणमा कार्यकर्ता खटायो

काठमाडौं, ३ जेठ ।
नेकपा एमालेले भुकम्प पीडितहरुको राहत तथा उद्धारका लागि स्वयंसेवक दस्ता परिचालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालयमा आज बिहान बसेको स्थायी समिति बैठकले स्वयंसेवक दस्ता परिचालन निर्देशिका पारित गर्दै भुकम्प प्रभावित क्षेत्रहरुमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको हो । बैठकले सचिव गोकर्ण बिष्टको अध्यक्षतामा ७५ सदस्यीय परिचालन कमिटि गठन गरेको छ ।

सरकारको कामकारवाही प्रभावकारी हुन नसकेको निश्कर्ष निकाल्दै एमालेले बिभिन्न ठाउँमा खटिएका सभासद् तथा सरकारी संयन्त्रलाई सहयोग गर्ने गरी कार्यकर्ता परिचालन गरेको जनाएको छ । बैठकमा  भुकम्प पछिको अवस्था तथा राहत, पुर्ननिर्माण र पुनस्थापना लगायत बिषयमा समेत समीक्षा भएको सचिव योगेश भट्टराइले जानकारी दिनुभयो ।

साथै बैठकले भुकम्पबाट क्षतबिक्षत पार्टी कार्यालय उपयुक्त स्थानमा सार्ने निर्णय समेत गरेको छ । सुबिधा सम्पन्न पार्टी कार्यालय भुकम्पका कारण बस्न नमिल्ने भएपछि एमालेले आफ्ना पछिल्ला बैठक तथा कामकारवाही आँगनमा पाल टाँगेर सञ्चालन गर्दै आएको छ । आजको स्थायी समिति बैठक समेत पाल मुनी नै बसेको थियो ।