Live Streaming

भुकम्पपछि पाँच माओवादी एक ठाउँमा

काठमाडौं, ३ जेठ ।
एकीकृत माओवादी सहित ५ वटा माओवादी पार्टीले राहत तथा पुननिर्माणका लागि संयुक्त अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । त्यसका लागि पार्टीका सवै शीर्ष नेताहरु सहभागी श्रम शिविर सञ्चालन गर्ने उनीहरुको निश्कर्ष छ ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बिहान बसेको बैठकले अति प्रभावित क्षेत्रहरुमा पार्टीका शीर्ष नेताहरु नै सहभागी हुने निर्णय गरेको हो । भोली थप छलफल गरी नेताहरु खटिने ठाउँको टुङ्गो लगाउने क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिनुभयो । माओवादीका जनवर्गीय संगठनहरुले भने अहिले पनि भूकम्प प्रभावित क्षेत्रमा राहत लगायत बिभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

बैठकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीलाई समेत बोलाईएपनि उसका प्रतिनिधि भने सहभागी थिएनन् ।