भुकम्पपछिको अवस्थाबारे काँग्रेसमा थप छलफल
काठमाडौं, ३ जेठ ।
नेपाली कँग्रेसले आज पनि भूकम्प प्रभावित क्षेत्रमा भएको उद्धार, राहत तथा आगामी कदम सम्बन्धमा पदाधिकारीहरुसँग छलफल गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान बसेको बैठकमा भुकम्पपछि क्षतबिक्षत बनेका संरचना, नीजि घर तथा बस्ती पुर्ननिर्माण र पुनस्थापनाबारे आन्तरिक छलफल गरेको हो । कँग्रेसले आजै अपरान्ह पार्टी मातहत रहेका बिभिन्न समितिहरुसँग पनि छलफल गर्ने एक नेताले जानकारी दिए ।
यसअघि हिजो बसेको पदाधिकारी बैठकले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रले मात्र प्रभावकारी रुपमा काम गर्न नसकेको निश्कर्ष निकाल्दै सभासद्हरुको समेत सहभागीता आवश्यक रहेको बताएको थियो ।