Live Streaming

अफगानिस्तानस्थित बिमानस्थलमा शक्तिशाली बम बिष्फोट

जेठ ३, एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलस्थित एक बिमानस्थलको मुख्य प्रबेशद्वार नजिक शक्तिशाली बम बिष्फोट भएको छ । एक ब्यक्तिले बिमानस्थलको मुख्य प्रबेशद्वार नजिक सो बिष्फोट गराएको स्थानिय प्रहरीलाई उदिृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिष्फोटमा भएको क्षतिको बिबरण भने प्राप्त नभएको प्रहरीको भनाई छ ।

यसअघि गत बिहीबार राजधानी काबुल स्थित एक होटलमा गराईएको बिष्फोटमा ९ बिदेशी सहित १४ जनाको मृत्यु भएको थियो । बिमानस्थल मुख्य गेटमै बम बिष्फोट भएपछि सो बिमानस्थलबाट हुने उडान तथा अबतरण स्थगित भएको बीबीसीले जनाएको छ ।