Live Streaming

पराकम्पन रोकिएन

प्रकाश पाठक, काठमाडौं ।
बिनासकारी भूकम्पपछि आजसम्म पनि  पराकम्पन गइरहेका छन ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान पनि ४.४ म्याग्निच्युटको पराकम्पन गएको छ ।

दोलखालाइ केन्द्रविन्दु बनाएर पराकम्पन गएको हो । दोलखालाई नै केन्द्र विन्दुर बनाएर पराकम्पन गएको हो । गएराति भने एउटा पनि पराकम्पन नगएको केन्द्रले जनाएको छ ।  यद्यपी हिजो दिनभर पनि ८ पटक भूकम्पको पराकम्पको महसुस गरिएको थियो । हिजो साँझ गएको ५ दशमलव ५ म्याग्निच्युडको पराकम्पनले सिन्धुपाल्चोकमा फेरी १ जनाको ज्यान लिएको छ ।

भूकम्पले भत्किएको घरमा रहेका सामान लिन गएका सिन्धुपाल्चोकको भोटेनाम्लाङ –५ का ५३ वर्षीय सार्कीमाईला तामाङको घरको ढुङ्गा खसेर लाग्दा घट्नास्थलमै ज्यान गएको हो ।