ओबामाद्वारा दुःख ब्यक्त
काठमाडौं, ३ जेठ ।
दोलखामा भूकम्पपीडितको उद्धारमा गएको अमेरिकी हेलिकम्पटर दुर्घट्नामा परी ८ जनाको मृत्यु भएकोप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुःख व्यक्त गर्नुभएको छ ।
अमेरिकामै गरिएको समवेदनामा कार्यक्रममा ओबामाले भूकम्पमा परेकालाई उद्धार गर्नेक्रममा नेपालमा ज्यान गुमाएका अमेरिकी मरीन तथा नेपाली सेनाका परिवारलाई सम्झिनुभएको हो । उहाँले उद्धारका क्रममा भएको दुर्घट्नामा ज्यान गुमाएका ६ अमेरिकी मरिन र दुईजना नेपाली सैनिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
साथै उहाँले नेपालले भोग्नुपरेको विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाललाइ सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो ।