नाइजेरियामा आत्मघाति आक्रमण, ९ जनाको मृत्यु
जेठ ३, एजेन्सी ।
नाईजेरियामा भएको आत्मघाति आक्रमणमा परि कम्तीमा ९ जनाको मृत्यु भएको छ । एक सार्बजनिक बस स्टेशन नजिक आत्माघाति महिलाले गराएको सो बिष्फोटमा परि ३० भन्दा बढि घाईते भएको प्रहरिलाई उध्र्रित गर्दै बिबिसीले जनाएको छ ।
योबे राज्यको राजधानी दामातारुमा गरिएको सो आक्रमणको जिम्मा कसैले नलिएपनि मुस्लिम अतिबादि संगठन बोको हरामले गराएको प्रहरिको दाबि छ । यसअघि पनि बोको हराम बिद्रोहिले योबेका बिभिन्न सार्बजनिक स्थलहरुमा आक्रमण गर्दै आएको थियो । नाईजेरियन सेनाले बोको हराम बिरुद्ध देशको पुर्बि प्रान्तहरुमा कारबाहि गरिरहेको बेला उत्तरि प्रान्तमा सो आक्रमण भएको हो ।