जोकोभिच र फेडेरर ईटलीयन ओपनको फाईनलमा
जेठ ३, एजेन्सी ।
ईटलीयन टेनिसको पुरुष एकल तर्फको उपाधिका लागि शीर्ष बरियाताका नोभाक जोकोभिच र दोस्रो बरियाताका रोजर फेडेररबीच प्रतिस्पर्धा हुने भएको छ ।
गएराती भएको खेलमा सातौं बरियाताका स्पेनी डेभिड फेररलाई ६–४ र ६–४ ले पराजित गर्दै सर्बियन जोकोभिच उपाधि नजिक पुगेका हुन् । अर्को सेमिफाईनलमा आफ्नै देशका स्टेनिसलस वावरिन्कालाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गर्दै स्विस फेडेरर पनि फाईनलमा प्रवेश गरेका हुन् । फाईनल खेल आज राती हुने छ ।
महिला एकल तर्फको उपाधिका लागि रसियन मारिया सारापोभा र स्पेनी कार्ला स्वराज नाभारोबीच प्रतिस्पर्धा हुने भएको छ । नाभारो दोस्रो बरियाताकी सिमोना हेलेपलाई र सारापोभा आफ्नै देशकी डारिया गाभ्रिलोभालाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।