चेन्नई र राजस्थान, अन्तिम चारमा
जेठ ३, एजेन्सी ।
चेन्नई सुपर किङगस र राजस्थान रोयल्स, ईण्डियन प्रिमियर लिग क्रिकेट आईपिएलको प्ले अफ चरणमा प्रबेश गरेका छन् ।
राती भएको दोश्रो खेलमा कोलकत्ता नाईट राईर्डसलाई ९ रनले पाखा लगाउदै राजस्थान रोयल्स प्ले अफ चरणका लागि छनौट भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानका लागि ओपनर सेन वाटसनले शतक प्रहार गर्दै टिमलाई उच्च योगफल सम्म पुर्याएका थिए । ५९ बलको सामना गरेका वाटसनले ९ चौका र ५ छक्काको मद्दतले अबिजित १ सय ४ बनाए । राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९९ रनको सम्मानजनक योगफल तयार पारेको थियो । २ सय रनको लक्ष्य पच्छएको कोलकत्ता १ सय ९० रनमै समेटिए पछि राजस्थान प्ले अफका लागि छनौट भएको हो । हारपछि १५ अंकमा चौथो स्थानमा झरेको कोलकात्ताको अन्तिम चारको यात्रा भने अन्य टीमहरुको प्रदर्शनमा निर्भर हुने भएको छ ।
हिजै भएको अर्को खेलमा किङस एलेभेन पञ्जाबलाई ७ बिकेटले पराजित गर्दै चेन्नई १८ अंकमा शीर्ष स्थान सहित प्ले अफमा छनौट भएको छ । त्यस्तै राजस्थान रोयल्स पनि अंक तालिकाको दोश्रो स्थानमा रहदै प्ले अफमा स्थान बनाउन सफल बन्यो । हिजोको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ थालेको पञ्जाबले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार पारेको थियो । १ सय ३१ रनको मध्यम लक्ष्य चेन्नईले १९ बल बाँकि छदै ३ विकेट गुमाएर भेट्टाएको थियो ।
प्रतियोगिता अन्र्तगत आज अंक तालिकाको तेश्रो स्थानमा रहेको रोयल च्यालेन्जसं बैङलोर ले अंक तालिकाको सातौ स्थानमा रहेको देल्ली डेयर डेभिल्सको सामना गर्दैछ । त्यस्तै आजै हुने दोश्रो खेलमा पाचौ स्थानको सनराजर्स हैदराबादले छैटौ स्थानमा रहेको मुम्बई इण्डियन्ससंग प्रतिस्पर्धा गर्नेछ ।