मंगलवारको भुकम्पबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो
काठमाडौं, १ जेठ ।
मंगलबार गएको अर्काे शक्तिशाली भूकम्पबाट मुलुकभर मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । दोलखा र सिन्धुपाल्चोक सीमालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट २ हजार ६ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा ९९ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् । भूकम्पबाट सवैभन्दा बढी दोलखामा क्षति पुगेको छ ।
यसैगरी बैशाख १२ गतेको भूकम्पमा परी अहिले सम्म ८ हजार २ सय २ जनाको मृत्यु भएको छ भने १७ हजार ८ सय ७० जना घाइते भएको प्रहरिले जनाएको छ । ज्यान गुमाउनेहरुमा उपत्यकामा १७ सय ६, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ६ हजार २२, पश्चिम क्षेत्रमा ४ सय १९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १० हजार ७ सय ७३, पूर्व क्षेत्रमा ३ सय २५, मध्य क्षेत्रमा ५ हजार ५ सय ५०, पश्चिम क्षेत्रमा १हजार १ सय ९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना छन् ।
यसैगरी हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक ११२ जना बेपत्ता भएका छन् ।