Live Streaming

बैशाख १२ पछि २ सय २२ पटक पराकम्पन

काठमाडौं, १ जेठ ।
बैशाख १२ गतेको भूकम्पपछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन । आज बिहान तीनपटक पराकम्पको महसुस गरिएको छ । बिहान ७ बजेर २७ मिनेटमा धादिङ केन्द्रविन्दु बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ ।

त्यसैगरी आजै बिहान ४ बजेर ६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टर स्केलको पराकम्पन गएको थियो भने बिहान ३ बजेर ३८ मीनेटमा दोलखामै केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो । अझै पराकम्पनहरु केही दिन जारी रहने भएकाले सावधानी अपनाउन भूकम्प मापन केन्द्रले आग्रह गरेको छ ।

यही वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टर स्केलभन्दामाथिका २ सय २२ वटा भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ ।