समुन्द्रमा फसेका १० जनाको मृत्यु
जेठ १, एजेन्सी ।
म्यान्मारमा अल्पसंख्यक समुदायका ३ सय ५० यात्रु लिएर थाईल्याण्ड जादै गरेको डुङगा मध्य समुन्द्रमा फस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । चालक दलका सदस्यहरु भागेपछि सो डुङगा थाईल्याण्डको दक्षिणी तटको समुन्द्रमा अलपत्र परेको हो । खाद्यान्न र पानीको समेत अभाब भएपछि डुङगामा रहेका अन्य यात्रुहरुको अबस्था समेत असामान्य बन्न थालेको छ ।
मलेशिया, ईन्डानेशिया र थाईल्याण्डले समुन्द्री नाकाबाट प्रबासिलाई प्रबेशमा रोक लगाएपनि सोहि मार्गको प्रयोगबाट त्यस तर्फ लागेका उनीहरुको उद्धारमा समेत कठिनाई उत्पन्न भएको छ । सो डुङगामा अधिकांंश रोहिग्या मुस्लिम समुदायका रहेपनि म्यान्मारको नागरिकता नभएपछि उद्धारमा थप कठिनाई उत्पन्न भएको अधिकारिहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।