बुरुण्डीका राष्ट्रपतिको स्वदेश फर्कने चाहाना
जेठ १, एजेन्सी ।
अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति नकरुन जिजाले आफुले तत्काल स्बदेश फर्कन चाहेको बताउनुभएको छ । बिद्रोहिले राजधानी लगायतका मुख्य स्थान आफ्नो पकडमा लिएपछि छिमेकी मुलुक तान्जिनिया शरण लिन पुगेका राष्ट्रपति नकरुनजिजाको सामाजिक सञ्जाल मार्फत आफ्नो चाहाना सार्वजनीक गर्नुभएको हो ।
राजधानी बुजुमबुरा लगायतका स्थानहरुमा बिद्रोहि असफल बनेपछि छिमेकी मुलुकमा शरण लिइरहेका उहाँले ट्विटर मार्फत स्वदेशमा कायम समस्या समाधानका लागि आफु केही दिन भित्रै स्वदेश फर्कने ईच्छा ब्यक्त गर्नुभएको हो ।
गत २६ अप्रिलमा देशमा संकटकालको घोषणा गरेका राष्ट्रपति त्यसयता सुरक्षाको कारण देखाउदै छिमेकी मुलुक तान्जिनियामा बस्दै आएका थिए ।