आईपिएलमा मुम्बई विजयी
जेठ १, एजेन्सी ।
ईण्डियन प्रिमियर लिग क्रिकेट आईपिएल अन्र्तगत गएराती भएको खेलमा मुम्बई ईण्डियन्स विजयी भएको छ । कोलकत्ता नाईट राईर्डर्समाथि ५ रनको रोमाञ्चक जित निकाल्दै मुम्बई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । जितसँगै मुम्बईले प्ले अप खेल्ने सम्भावना जिवितै राखेको छ । हारपछि पनि कोलकात्ता भने १५ अंकमा तालिकाको दोस्रो स्थानमा कायम छ ।
टस हारेर पहिले ब्याटिङ थालेको मुम्बई ईण्डियन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ७१ रनको योगफल तयार पारेको थियो ।
सामान्य सुरुबात गरेको मुम्बईको ईनिङसलाई हार्दिक पाण्डे र किरन पोलार्डले पाचौ विकेटका लागि नटआउट ९४ रनको साझेदारि गरेपछि मुम्बई सम्मानजनक योगफल तयार पर्न सफल भयो । ७९ रनमा ४ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका पाण्डेले ३१ वलमा ६१ रनको बिष्फोटक पारी खेलेका थिए । पोलार्ड ३३ रनको नटआउट रहे । १ सय ७२ रनको लक्ष्य पच्छ्याएको कोलकत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय ६६ रन मात्र जोड्न सक्यो । युसुफ पठानले ५२ र कप्तान गौतम गाम्भीरले ३८ रनको योगदान दिए पनि टिमको हार भने टार्न सकेनन् ।
प्रतियोगिता अन्र्तगत आज अंक तालिकाको तेश्रो स्थानमा रहेको सनराईनज हैदराबादले छैटौ स्थानमा रहेको रायल च्यालेन्र्जस बंङलोरको सामना गर्नेछ ।