Live Streaming

प्रधानमन्त्री कोईराला दोलखामा

सुवास योञ्जन, चरिकोट ।
प्रधानमन्त्री सुशील कोइराला भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिन दोलखा पुग्नु भएको छ । गत मंगलवार आएको ६ दशमलब ८ म्यासिग्नच्युटको भुकम्पबाट सवैभन्दा बढी क्षति पुगेको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री बिहान त्यसतर्फ लाग्नु भएको हो । उहाँको साथमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम सहित केही सरकारी अधिकारीहरु पनि हुनुहन्छ । पछिल्लो भुकम्पमा परी दोलखामा मात्र ६२ जनाको मृत्यु भएको छ भने तीन सय बढी घाईते भएका छन् ।

दोलखा भ्रमणका क्रममा प्रधानमन्त्री कोईरालाले राहत तथा उद्धार कार्यबारे जानकारी लिनुका साथै प्रभावित केही सर्वसाधारणसँग समेत कुराकानी गर्ने उहाँका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री कोईरालाले हराएको अमेरीकी सेनाको हेलिकोप्टरका विषयमा पनि सुरक्षा निकायसँग जानकारी लिनुहुनेछ ।