Live Streaming

सुरक्षाकर्मी र बन्दुकधारीबीचको गोली हानाहानमा ५ बिदेशीको मृत्यु

बैशाख ३१, एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाकर्मी र बन्दुकधारीबीचको भिडन्तमा ५ जना बिदेशी नागरिकको मृत्यु भएको छ । पार्क प्यालेस नामक गेष्ट हाउसमा भएको गोली हानाहानमा तीन अमेरिकी र दुई भारतीय नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । सो गेष्ट हाउसमा भारत तथा टर्कीका नागरिक बढी रहेको समाचारमा उल्लेख गरिएको छ । हालसम्म ५५ जनालाई त्यहाँबाट सुरक्षित निकालिएको छ ।

त्यस्तै गोली हानाहानमा बन्दुकधारीले कम्तीमा चालीस जना विदेशी नागरिहरुलाई बन्धक बनाएका छन । गेष्टहाउसमा मशहूर गायकको कार्यक्रममा सहभागी भएकाहरुलाई बन्धक बनाएको अफगानी सञ्चारमाध्यमहरुलाई उदृत गर्दै विविसिले जनाएको छ । दोहारो गोली हानाहान पाँच घण्टासम्म चलेको थियो । हमलाको कसैले जिम्मेवारी नलिए पनि तालीवानको संलग्नता हुन सक्ने आशंका रहेको छ ।