१३ खेलमा पञ्जावको तेस्रो जित
बैशाख ३१, एजेन्सी ।
इण्डियन प्रिमियर लिग क्रिकेट आईपिएलमा किंग्स इलावेन पञ्जावले तेस्रो जित दर्ता गरेको छ । गएराती मोेहालीमा भएको खेलमा लिगबाट बाहिरीसकेको पञ्जावले रोयल च्यालेञ्जर्स बैङलोरलाई २२ रनले पराजित गरेको हो । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा टस हारेर व्याटिङ गरेको पञ्जावले ६ विकेटको क्षतिमा १ सय ६ रन जोड्यो ।
पञ्जावका लागि ऋद्धिमान शाहाले ३१ रनको योगदान गरे । त्यस्तै अक्सर पटेलले अविजित २० रन जोड्न बाहेक अन्य व्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन । १ सय ७ रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बैंग्लोर निर्धारित ओभरमा ८४ रनमै समेटिँदा हार वेहोर्न बाध्य भयो । उसका लागि मन्दिप सिं २०, विराट कोहली १९, क्रिस गेल १७ तथा ए बि डी भिलीयर्सले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन ।
हारपछि पनि अन्तिम चारमा स्थान बनाउन बैंग्लोरको सम्भावना भने कायमै छ ।