Live Streaming

स्नातक तह तेस्रो बर्ष र १२ कक्षाको परिक्षा स्थगित

काठमाडौं, ३० बैशाख ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परिक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आगामी जेठ १४ गतेदेखि तोकिएको परिक्षा हिजोको दोस्रो भूकम्पका कारण स्थगित भएको परिक्षा नियन्त्रण कार्यालयले आज जनाएको छ । विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिएर परिक्षाको अर्को मिति पछि तोकिने कार्यालयले जनाएको छ ।

यसैबीच उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परिक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । परिषदले पनि १५ दिनको समय दिएर पछि अर्को परिक्षा तालिका निकाल्ने जनाएको छ ।
यसैबीच शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भने पनि अब विद्यालयहरु जेठको दोस्रो सातासम्म बन्द हुने जनाएको छ । ग्रामीण क्षेत्रका अधिकांश विद्यालय भवन ध्वस्त भएका कारण पठन पाठन सम्भव नरहेको सरोकारवालाहरुले बताएका छन ।