उत्तर कोरियाका रक्षामन्त्रीलाई मृत्युदण्ड
बैशाख ३० एजेन्सी ।
उत्तर कोरियाका रक्षा मन्त्री ह्योन यांग चोललाई मृत्युदण्ड दिइएको छ । चोललाई लाखौं मानिसका अगाडि गोलि हानेको जानकारी दक्षिण कोरियाको जासुसी एजेन्सीले संसदलाई दिएको छ । ३० अप्रीलमा लाखौं मानिसका अगाडि ह्योन यागलाई एन्टी एयरक्राफ्टबाट गोलि प्रहार गरिएको थियो । उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग युन प्रति इमान्दार नभएको आरोप लगाईएको छ । उनलाई उत्तर कोरियाका नेता किम जोन उन उपस्थीत एक कार्यक्रममा निदाएको र केहि आदेशको पालना नगरेको आरोपमा हत्या गरिएको बताइएको छ ।
६६ वर्षे ह्योन सन् २०११ मा नेता किम जोङ इलको निधनपछि दाहसंस्कार समितिमा रहेर काम गरेका थिए । गत वर्षमात्र उनलाई देशको रक्षामन्त्री नियुक्त गरिएको थियो। गत अप्रिलमा उनी रुसमा भएको एक सैन्य कार्यक्रममा देखिएयता कुनै पनि कार्यक्रममा सार्वजनिक भएका थिएनन । उनलाई अप्रिलमै हिरासतमा लिएर कुनै कानुनी सुनुवाई नगरी मृत्युदण्ड दिइएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो वर्षमात्र आफ्नो नेतृत्वविरुद्ध लाग्ने १५ जनालाई नेता किमले मृत्युदण्ड दिइसकेका छन् । सन् २०११ मा किम जोङ उन सत्तामा आएदेखि ७० जना उच्च अधिकारीलाई मृत्युदण्ड दिइएको छ । किमले आफ्ना काका चांग सोक थेइकलाई पनि मृत्युदण्ड दिएका थिए ।