पाकिस्तानमा शिया समुदायलाई लक्षित गरी आक्रमण, ४३ जनाको मृत्यु
बैशाख ३०, एजेन्सी ।
पाकिस्तानको सबैभन्दा ठुलो शहर कराँचीमा बन्दुकधारीहरुले यात्रुबहाक बसमा आक्रमणमा परि ४३ जनाको मृत्यु भएको छ । आक्रमणमा परि कयौँ घाईते भएको बिबिसिले जनाएको छ । प्रहरीका अनुसार आज बिहान सिप्पोर चोरनगीमा करीब साँढे ९ बजे तीन वटा मोटरसाईकलमा आएका ६ जनाको समुहले बुसमा आक्रमण गरेका हुन् ।
बिभिन्न अस्पतालमा उपचारका क्रममा हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको हो । उनीहरुले यात्रुबहाक बसलाई रोकेर बसभित्र पसेर नाईन एमएम पेस्तोलले फारिङ गरी हत्यागरेका हुन् । सो बसमा ६० भन्दा बढी सिया समुदायका नागरीकहरु रहेको उनीहरुलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ । आक्रमणमा परि सर्बैभन्दा बढी महिला र बालबालिका घाईते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।