दोस्रो लेगमा रियल मड्रिड र युभेन्टस भिड्दै
बैशाख ३०, एजेन्सी ।
च्याम्पियन्स लिग फुटवल अन्तर्गत अर्को सेमिफाईनलको दोस्रो लेगमा आज राती रियल मड्रिड र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो लेगमा रियल, युभेन्टससँग २–१ ले पराजित भएको थियो । च्याम्पियन्स लिगको फाईनल खेल भने आगामी जुन ६ मा बर्लिनमा हुनेछ ।
यसैवीच वार्यन म्युनिखलाई समग्रमा ५–३ ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको छ । गयराति भएको दोस्रो लेगमा ३–२ ले पराजित भएपनि समग्रमा ५–३ को नतिजा निकाल्दै बार्सा उपाधि नजिक पुगेको हो । होम ग्राउण्डमा भएको पहिलो लेगमा बार्सिलोना ३–० ले विजयी भएको थियो ।