हराईरहेको अमेरिकन हेलिकप्टरको खोजी तिब्र
दोलखा, ३० बैशाख ।
दोलखामा हिजो देखि बेपत्ता भएको अमेरिकी सेनाको हेलीकोप्टर दुर्घटनामा परेको आशंकामा खोजीकार्य तिब्र पारिएको छ । हिजो अपरान्हबाट सम्पर्कबिहीन रहेको सो हेलिकप्टर खोजीका लागि बिहानैबाट चार सय बढी परिचालन भएपनि हालसम्म पत्ता लाग्न नसकेको नेपाली सेनाले जनाएको छ । सो टोलीले अहिले कालिन्चोकदेखि एक किलोमिटर पश्चिम क्षेत्रमा हेलिकप्टरको खोजी गरिरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
हराईरहेको हेलिकप्टर युएस एडसँगको सहकार्यमा उद्धार तथा राहत बितरण कार्यमा खटिएकाले अवतरण र उडानबारे कुनै सूचना नभएको सरकारी अधिकारीको भनाई छ । भारतीय चालक दलका सदस्य सहित १२ जना बोकेर हिजो दोलखातर्फ उडेको मेराइन हेलिकप्टर दिउसो साँढे २ बजेदेखि चरिकोट नजिकैबाट हराएको हो ।
नेपाली सेना र अमेरिकाका २–२ तथा भारतीय एउटा हेलिकप्टर, नेपाली सेनाको बिशेषज्ञ टोाली, स्थानियबासी लगायतले सुनखानी गाविसस्थित तामाकोशी आसपासको क्षेत्रमा खोजी केन्द्रित गरेका हुन् ।
स्थानीयबासीले हेलिकोप्टर तामाकोशी नदीमा खसेको सूचना दिएपछि बिहान सुनखानीको पिखुटीदेखि नागदहसम्मको क्षेत्रमा खोजि गरेपनि कुनै संकेत नभेटिएको सैनिक उच्च स्रोतले जनाएको छ । सुनखानीमा घना जंगल रहेकाले हेलिकप्टर खोज्न समस्या भएको हो ।
सामान्य हेलिकोप्टरबाट इमरजेन्सी लाकेटर ट्रान्समिटर ELT पत्ता नालगेपछि होमिङ बेकन सिस्टम भएको अमेरिकी सेनाको विशेष हेलिकोप्टरले समेत खोजी गरिरहेको छ ।