Live Streaming

भूकम्प ' बी ' ले ६७ को ज्यान लियो, झण्डै २ हजार घाइते

काठमाडौं, ३० बैशाख ।
हिजो गएको अर्काे शक्तिशाली भूकम्पबाट मुलुकभर मृत्यु हुनेको संख्या ६७ पुगेको छ । दोलखा र सिन्धुपाल्चोक सीमालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट १ हजार ९ सय २६ बढी घाइते भएका छन् । नेपाल पुलिसले हिजो गएको अर्को शक्तिशाली भुकम्पलाई ' भुकम्प बी ' को नाम दिएको छ ।

भूकम्पबाट सवैभन्दा बढी दोलखामा क्षति पुगेको छ । दोलखामा ३६, सिन्धुपाल्चोकमा १०, काठमाडामौं ५, रामेछापमा ४, भक्तपुर र सिन्धुलीमा २-२ र गोरखा, ललितपुर, सर्लाही, धनुषा, रौतहट, चितवन र सुनसरीमा १÷१ जनाको मृत्यु भएको छ । यो सँगै १२ वैशाखको भूकम्पयता मृत्यु हुनेको संख्या ८ हजार दुइ सय १९  पुगेको प्रहरीले जनाएको छ ।