Live Streaming

अमेरिकी सेनाको हेलिकप्टर अझै बेपत्ता

दोलखा, ३० बैशाख ।
भूकम्पमा परेकाहरुको खोज तथा उद्धारका लागि काठमाडौंबाट दोलखातर्फ गएको अमेरिकी सेनाको हेलिकप्टर अझै बेपत्ता छ । चालक दलका सदस्य सहित आठ जना बोकेर हिजो दोलखातर्फ उडेको मेराइन हेलिकप्टर बेलुकीदेखि चरिकोट नजिकैबाट हराइरहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उधृत गर्दै सीएनएनले जनाएको छ ।

हराइरहेको हेलिकोप्टर नेपाली सेनाले खोजी गरिरहेका छन् । हिजो दिउँसो साढे २ बजे उडेको हेलिकोप्टर रातभरि खोजी हुँदा पनि फेला पर्न नसकेको गृहमन्त्रालय स्रोतले बतायो । अपरेसन सहयोगी हात नामक मिसनलाई सहयोग गर्न गइरहेको सो हेलिकप्टरलाई बेपत्ता घोषित गरिएको अमेरिकी सेनाका क्याप्टेन क्रिस सिम्सले एक विज्ञप्तिमार्फत बताएका छन् । हेलिकोप्टर हराउनुको कारण तत्काल प्रष्ट नभएको र घटनाको अनुसन्धान भैरहेको नेपाली सेनाले जनाएको छ ।

नेपालको भुकम्पीय उद्धार तथा राहतका लागि सघाउन झण्डै ३ सय अमेरिकी सेना नेपालमा रहेका छन् ।