Live Streaming

साझा संकल्प प्रस्ताव आज पारित हुने

काठमाडौं, ३० बैशाख ।  
भूकम्प प्रभावितको राहत र पुनस्र्थापनाका लागि व्यवस्थापिका संसदमा पेस भएको साझा संकल्प प्रस्ताव आज पारित हुने भएको छ ।

संसद वैठक चलिरहँदा आएको भूकम्पका कारण हिजो रोकिएको वैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । आजको बैठक हिजोको निरन्तरताका रुपमा रहने र सर्वदलीय अनुगमन समिति गठन गर्दै संकल्प प्रस्ताव पारित हने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको हो । सवै दलको प्रतिनिधित्व हुने भएकाले अनुगमन समिति भने जम्बो हुने सचिवालयका एक अधिकारीको भनाइ छ ।


यसैबीच सभामुख सुवासचन्द्र नेम्वाङले संकल्प प्रस्ताव पारित भएसँगै व्यवस्थापिका–संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी गर्नुभएको छ ।