Live Streaming

संकल्प प्रस्ताव आज पारित हुदै

दीपक धिताल, काठमाडौं ।
भूकम्प प्रभावितको राहत र पुनस्र्थापनाका लागि व्यवस्थापिका संसदमा पेस भएको साझा संकल्प प्रस्तावमाथि आज पनि छलफल जारी रहने छ । भुकम्प प्रभावित जिल्लाका सदस्यहरुलाई संकल्प प्रस्तावमा धारणा राख्न पहिलो प्राथमिकता दिइए पनि अन्य जिल्लाका सभासद्ले समेत बोल्न चाहेपछि संकल्प प्रस्तावमाथिको छलफल एक दिन लम्बिएको हो ।

अन्तिम दिनको छलफलमा नाम मिटपाएर बोल्न बाँकी करिब ३४ जना सभासदले आज आफ्नो धारणा राख्नेछन् ।संसद सचिवालयका अनुसार, सर्वदलीय अनुगन समिति गठन गर्दै आज संकल्प प्रस्ताव पारित हुने छ । सवै दलको प्रतिनिधित्व हुने भएकाले  समेत  अनुगमन समिति समेत जम्बो हुने सचिवालयका एक अधिकारीले बताए । संसद बैठक एघार बजेका लागि डाकिएको छ । संसद सचिवालयका सचिव ठाकुर बरालका अनुसार, हिजोसम्म एक सय चालिस सभासदले आफ्नो धारणा राखिसकेका छन ।


यसैबीच सभामुख सुवासचन्द्र नेम्वाङले संकल्प प्रस्ताव पारित भएसँगै व्यवस्थापिका–संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी गर्नुभएको छ । भूकम्पपीडित जनताको उद्धार तथा पुनः निर्माणमा सहभागी हुने र भइरहेको प्रगतिका बारेमा अनुगमन गर्ने सभासदको दायित्वसमेत रहेकाले अधिवेशन लम्ब्याउनु नहुने नेम्बाङ्गको बुझाई छ । यद्यपी अधिवेशन अन्त्य गर्नेबारे सरकारबाट औपचारिक जानकारी भने नआएको स्रोतको भनाईछ ।