Live Streaming

काँग्रेस केन्द्रिय समिति र संसदिय दलको संयुक्त बैठक जारी

काठमाडौं, २९ बैशाख ।
भुकम्पपछि उत्पन्न परिस्थिति र सरकारको कामकारवाहीबारे छलफल गर्न काँग्रेस कार्यसमिति र संसदीय दलको सयुक्त बैठक आज पनि बसिरहेको छ । नयाँ बानेश्वरस्थित संविधानसभा परिषरमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले धारणा राखिरहेका छन् ।

भुकम्प प्रभावित जिल्लाहरुमा पार्टीका सांसदहरुको परिचालन, राहत, उद्धार तथा पुनस्थापनामा पार्टीको भूमिका लगायत विषयमा आजको बैठक केन्द्रित रहको सभासद् रामहरी खतिवडाले जानकारी दिनुभयो ।

यद्यपी अस्ती र हिजो बोल्ने सदस्यहरुले पार्टी सभापतिको नेतृत्वमा सरकार भएपनि पीडितको पीडा सम्बोधन गर्न नसकेकोमा आलोचना गरेका थिए । अधिकांश सभासद्ले सरकारको उपस्थिति प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्री सुशील कोईरालाको चर्को आलोचना गरेका थिए । पार्टी सरकारमा भएपनि भुकम्प पिडितका पक्षमा यथोचित राहत र उद्धार हुन नसकेको उनिहरुको गुनासो रहेको छ ।