Live Streaming

भुकम्पबाट जीर्ण भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई

काठमाडौं, २९ बैशाख ।
सरकारले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाले आजैबाट जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा भवनहरू भत्काउने काम सुरु गर्ने प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो । भत्काउनुपर्ने भवनहरूको विवरण जिल्लामा संकलन गरी त्यसले तयार गरेको सूचीको आधारमा भवन भत्काइने उहाँले बताउनुभयो । 

जिल्ला विपत् व्यवस्थापन समितिले हटाउने निर्णय गरेका क्षतिग्रस्त घरहरू भत्काउने काम सेनाको नेतृत्वमा रहेको टोलीले गर्ने र त्यसमा स्थानियलाई पनि सहभागि गराउने तयारी छ ।  भूकम्पले प्रभावित भवन र घरहरूका अवस्था अध्ययन गर्न यसअघि नै  इन्जिनियरहरूसहितको प्राविधिक टोली पनि परिचालन भइसकेको छ । प्राविधिक टोलीले हरियो, पहेंलो र रातो स्टिकर टाँस्न थालेको छ ।