बंगलादेश र म्यानमारका ८ हजार बढी नागरिक थाईल्याण्डमा अलपत्र
बैशाख २९, एजेन्सी ।
बढी बंगलादेश र म्यानमारका हजारौँ शरणार्थीहरु थाइल्याण्डको समुद्रमा फसेका छन । अन्तराष्ट्रिय प्रवास एजेन्सीका अनुसार झण्डै ८ हजार मानिसलाई तस्करहरुले थाइल्याण्ड लैजाँदै गर्दा उनीहरु फसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । डुंगामार्फत उनीहरु थाइल्याण्ड प्रवेश गर्ने क्रममा डुंगा दुर्घटना हुँदा उनीहरु फसेको समाचारमा जनाइएको छ ।
यद्यपि दुई दिन यता २ हजार भन्दा बढी व्यक्तिहरुलाई उद्धार गरी मलेसिया र इण्डोनेसिया पुर्याइएको छ । जसमा कोही पौडिएर पनि बाँचेका थिए । आइओएम एसिया प्रशान्त क्षेत्रका प्रमुख जेफ लाबोभित्जका अनुसार दर्जनौ मानिसलाई थाइल्याण्डको दक्षिणी क्षेत्रमा शिविर नै खडा गरेर बसेका उनीहरुलाई पक्राउ गर्ने क्रममा मानव तस्करहरुले डुं्रगा समुद्रतर्फ कुदाएका थिए ।