भारतीय रेलमाथि कोलकात्तामा आक्रमण
बैशाख २९, एजेन्सी ।
भारतको कोलकता नजिकै रहेको टिटागढ रेल स्टेसन नजिकै एक रेलमा भएको आतंककारी हमलामा १८ जना घाइते भएका भएका छन । घाइतेमध्ये पाँँच जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
पूर्वी रेलका प्रवक्ता एस महापात्रका अनुसार रेले सियालदेहबाट कृष्णनगरतर्फ जाँदै थियो । उनका अनुसार रेलमा सवार दुई समूहबीच कुटाकुट हुँदा एकअर्कामा बम फाँकेका थिए । घाइतेहरुको कोलकताको आर जिकर मेडिकल कलेजमा उपचार भइरहेको छ भने घटनाबारे छानवीन गर्न रेल वेले आदेश दिएको छ ।