Live Streaming

ललितालाई सफाई

बैशाख २८, एजेन्सी ।  
तामीलनाडुकी पूर्व मुख्यमन्त्री जे जय ललिताको बढी सम्पत्ति कमाएको आरोपको मुद्दामा कर्नाटक उच्च अदालतले सफाइ दिएको छ ।

आज अन्तिम फैसला सुनाउँदै उच्च अदालतले सो मुद्दामा उनलाई निर्दाेष ठहर गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । यसअघि बैंगलुरुको विशेष अदालतले गत वर्षको सेप्टेम्बरमा आयभन्दा बढी सम्पत्ति आर्जन गरेको भन्दै  ललितालाई चार वर्षको जेल सजाय तथा एक सय करोड रुपैयाँ जरिवाना सुनाएको थियो । यो मुद्धा उनी मुख्यमंत्री भएको समयको हो ।