शाहसीक उडान प्याराग्लाईडिङ्क पाल्पामा शुरु
जगदीश भट्टराई, पाल्पा ।
पाल्पाको सद्रमुकाम तानसेनको कैलाशनगरडाँडादेखि औपचारिक रुपमा शाहसीक उडान प्याराग्लाईडिङ्क आइतवारदेखि शुरु भएको छ । पाल्पा एडभेन्चर प्रालि पाल्पाले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर सो उडान शुरु गरेको जनाएको छ । शिक्षा, स्वास्थ्य र पर्यटनको नारा लगाउँदै आएको भएतापनि पर्यटन प्रवद्र्धनका क्षेत्रमा ठोस काम नभईसकेका कारण यसलाई सहयोग पुगोस् भन्ने सोंचका साथ यो काम शुरु भएको प्रालिका अध्यक्ष वरुणप्रसाद रेग्मीले जानकारी दिए ।
प्रालिको उद्देश्यका बारेमा जानकारी दिँदै, अध्यक्ष रेग्मीले, यो शाहसीक उठान शुरु भएपछि पाल्पा र आसपासका क्षेत्रमा आन्तरिक तथा बाÞय पर्यटन प्रवद्र्धन र यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने भएका कारण यो काम शुरु गरिएको हो भने । रेग्मीका अनुसार, पर्यटकीय नगर पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपछि त्यहाँ प्याराग्लाईडिङ्क बन्द हुने भएपछि, त्यहाँका व्यवसायीहरु पनि सो कामका लागि आकर्षित हुँदै गएको पनि बताए ।
प्रतिदिन दुईदेखि चारसम्म उडान भर्ने र सो उठान तानसेनको कैलाशनगरडाँडादेखि प्रभासको समतलसम्म हुने, तर हावाको वेगमा कुनै समस्या आइपरे, बीचमै आपतकालिन अवतरण समेत गर्न सकिने व्यवस्था मिलाइएको र जर्मनी पाइलटको व्यवस्था मिलाइको पनि जानकारी दिइएको थियो । साथै तानसेन र आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि निकट भविश्यमै हर्षराईडिड्ड, रकक्लाईमिड्ड, साईकलिड्ड, ¥याफ्टीड्ड आदी सेवा समेत यहीबाट संचालन गर्ने कम्पनीको भावी योजना रहेको बताइएको थियो ।