अधिकार सम्पन्न उच्चस्तरिय प्राधिकरण बनाउन सरकारलाई अर्थ समितिको निर्देशन
दिनेश गौतम, काठमाडौं ।
व्यबस्थापिका संसद अन्तरगतको अर्थ समितिले प्रकृतिक प्रकोप समस्या समधानका लागि अधिकार सम्पन्न उच्चस्तरिय प्राधिकरण बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ऐन बनाएर प्रधानमन्त्री कार्यलयको मातहतमा रहने गरि प्राधिकरण समिति बनाउन निर्देशन दिएको हो ।
त्यस्तै भुकम्पबाट प्रभावित भएकालाई प्रतिपरिवार २५ हजार÷ गाबिसको खातामा पठाउन निर्देशन दिएको छ । निश्चित अबधि पछि बेपत्ता भएकाहरुको सुची सार्वजनिक गरि मृतक सरह क्षतिपुर्ती दिन सरकारलाई निर्देशन दिएको समिति सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले सरकारले गर्ने साधारण खर्च कटौती गर्न, सभा समारोह भोज भतेर नगर्न एक बर्ष बिदेश भ्रमण नगरी भुकम्प प्रभावित क्षेत्रमा खर्च गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले भुकम्प प्रभावित गाबिसमा सचिव नभएका कारण राहात बितरणमा समस्या भएको भन्दै तत्काल गाबिस सचिवलाई कार्यलयमा पठाउन र स्थानिय संयन्त्रलाई सक्रिय बनाउन समितिले निर्देशन दिएको छ ।